नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औं स्थानमा परेको छ। राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वल्र्ड ह्याप्पिनेस रिपोर्ट–२०२१) को सूचीमा नेपाल ८७ औं स्थानमा परेको हो।
सन् २०२० मा ९२ औं स्थानमा रहेको नेपाल सन् २०२१ मा ५ स्थान माथि उक्लिएर ८७ औं स्थानमा परेको हो। नेपालले १० मा ५.२६९ अंक प्राप्त गरेको छ। त्यसअघि सन् २०१९ मा नेपाल १०० औं स्थानमा थियो।
बितेका तीन वर्षमा गरिएको सर्वेक्षणका आधामा खुसी देशहरुको सूची निकालिएको हो। स्वस्थकर औसत आयु, सामाजिक सुरक्षा, सामाजिक स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको छ। अध्ययनले विशेष गरेर कोरोना महामारीले जनजीविकालाई पारेको असरमा जोड दिएको थियो।
नेपाल यसपटक दक्षिण एसियाकै खुसी मुलुक बन्न सफल भएको छ। सूचीअनुसार नेपालको छिमेकी मुलुक भारत १३९ औं स्थानमा छ। अर्को छिमेकी मुलुक चीन ८४ औं स्थानमा छ। यस्तै, पाकिस्तान १०५ औं र बंगलादेश १०१ औं स्थानमा छ।
सूचीअनुसार यसवर्ष पनि फिनल्यान्ड खुसी भएका मुलुकको सूचीमा पहिलो नम्बरमा छ। यस्तै, अफ्गानस्थान १४९ औं अर्थात सूचीको अन्तिम स्थानमा परेको छ। यस्तै, अफ्रिकाका थुपै्र मुलुकहरु सूचीको अन्त्यतिर छन्।
सूचीमा विश्वको शक्तिशाली राष्ट्र मानिने अमेरिका १९ औं स्थानमा छ।
एजेन्सीको सहयोगमा
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु