काठमाडौँ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्यि विमानस्थलका लागि पोखरा महानगरपालिका–२६, रिठ्ठेपानी डाँडाको कटान गर्न सरकारले अनुमति दिएको छ ।
मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय विमानस्थलको रनवेको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाका रुख तथा पोल कटान गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
विमानस्थल आयोजनाका अनुसार विमान सुरक्षित अवतरण र उडानका लागि करीव ४० मिटर यस डाँडा कटान गर्नुपर्ने हुन्छ । विगतमा सरकारले अनुमति नदिँदा डाँडा कटानकोे काम अघि बढ्न सकेको थिएन ।
सरकारले डाँडा कटानको अनुमति दिएसँगै काम अघि बढ्ने पोेखरा विमानस्थल आयोजनाले जनाएको छ । यो विमानस्थलबाट उडान तथा अवतरणका लागि ठूला जहाजले धावनमार्गको दुवै साइड प्रयोग गर्न सक्ने छैनन् । जहाज उड्ने र अवतरण गर्ने दिशामै पर्ने यो डाँडो कटान गर्नुपर्ने छ ।
विमानस्थलका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार रिठ्ठेपानी डाँडाको सबैभन्दा अग्लो ठाउँबाट ४० मिटर तलसम्म कटान गर्नुपर्ने हुन्छ । २०२१ जुलाई १० सम्म विमानस्थल निर्माण सक्नुपर्ने समय तोकिएको छ । तर प्राविधिक रुपमा अझै केही काम बाँकी रहेकोले २०२२ सम्म उडान सुरु हुने अपेक्षा पोखरेलीको छ ।
अहिलेसम्म विमानस्थल निर्माणको ७२ प्रतिशत काम पुरा भईसकेको छ । विमानस्थलको भौतिक पूर्वाधार ठड्याउने सबै काम सकिएका छन् । आन्तरिक सजावटका काम बाँकी छन् । त्यसबाहेक उपकरण जडानको काम बाँकी छ । रनवेमा मार्किङको काम पनि भईरहेको पौडेलले बताए ।
जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार डाँडामा रहेका ६ सय रुख कटान हुनेछन् । ती मध्ये ८४ वटा ठुला रुख छन् । बाँकी ५१६ भने ३० सेन्टिमिटरसम्म गोलाई भएका साना आकारका रुख रहेका छन् । वन कार्यालयका अनुसार रिठ्ठेपानीको करिब ५ हेक्टर जमिन कटान हुने अनुमान छ । तर, नापी कार्यालयले कटान गर्नुपर्ने यकिन क्षेत्रफल भने तोकेको छैन ।
कास्कीका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार रिठ्ठेपानीमा २ वटा डाँडा काट्नुपर्ने हुन्छ । ती डाँडामा साल, चिलाउने, कटुस लगायतका रुख छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ