पोखरा । कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलेले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम दिदै शुरु गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बद्रिविनोद प्रतीक, सावित्री खनाललाई बिमा कार्ड प्रदान गरेका थिए । कास्कीमा आवद्ध ३ सय भन्दा बढि पत्रकारहरु यो बीमा अभियानमा समेटिने महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
पत्रकार सहित उनका परिवारका बढीमा ५ जना सदस्यसम्मको बीमा गरिने श्रेष्ठले जानकारी दिए । प्रत्येक परिवारका लागि आवश्यक रकम ३ हजार ५ सय पत्रकार महासंघले खर्च गर्ने बताए । ‘प्रत्येक परिवारको बीमा गर्न पत्रकार महासंघले ३५ सय खर्च गर्दछ,’ उनले भने ‘त्यस भन्दा बढि सदस्य भएमा पत्रकार आफैले खर्च व्यहोनु पर्ने छ ।’
उनले स्वास्थ्य बीमाबाट बर्ष सम्म १ लाख सम्मको उपचार खर्च पाइने बताए । ५ जना भन्दा बढि भएमा प्रत्येक व्यक्तिको ७ थप लाग्ने उनले बताए । थप एक जनाको थपिदा बीमा बापत आउने रकम पनि २० हजारका दरले बढ्दै जाने बताए । उनले पोखरा महानगरपालिका सगँको सहकार्यमा अभियान अगाडी बढाएको बताए । उनले चैत २० गते सम्म अभियान संचालन हुने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकार र तीनका परिवारका शुरक्षालाई ध्यान दिदै अभियानमा साथ दिएको बताए । उनले बीमा हाम्रो जीवन भने नाराका यो अभियानलाई सफल पार्ने बताए ।
स्वास्थ्य विमा बोर्ड गण्डकीका संयोजक जिवलाल खरेलले गण्डकी प्रदेशका ९ जिल्ला स्वास्थ्य बीमा अभियान चलेको बताए । गण्डकी प्रदेशमा अहिले सम्म ४ लाख ६६ हजार जनाले बीमा गरी सकेको बताए । उनले पत्रकार आफ्नो मात्र नभई आफ्नो परिवारलाई समेत स्वास्थ्य बीमामा सहभागि गराउन पाउदा खुसी लागेको बताए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनाी माधम शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष शान्ति गुरुङ, प्रेस युनिय कास्कीका अध्यक्ष नविन सिग्देल, प्रेस संगठन कास्कीका संयोजक अर्जुन गिरी, प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी र सचिब रामप्रसाद तिमिल्सिना लगाएतले बीमाले पत्रकारलाई निर्धक काम गर्ने प्रेरणा दिनेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’