स्याङ्जामा ट्याक्टरबाट खसेर घाईते भएका युवकलाई जिउँदै कालीगण्डकीमा फालेको आरोप, सहकर्मी पक्राउ, चालक फरार

स्याङ्जामा ट्याक्टरबाट खसेर घाईते भएका युवकलाई जिउँदै कालीगण्डकीमा फालेको आरोप, सहकर्मी पक्राउ, चालक फरार

Sunil-Rana

अभियुक्त सुनिल राना

स्याङ्जाको गल्याङ नगरपालिकामा ट्याक्टरबाट खसेर घाईते भएका युवकलाई जिउँदै कालीगण्डकीमा फालेको आरोप अर्का सहकर्मी सहचालक र चालकमाथि लागेको छ । ति युवक कालीगण्डकीमै बेपत्ता छन् भने चालक फरार छन् । अर्का सहचालक पक्राउ परेका छन् ।

गल्याङ नगरपालिका वडा नं ९ पारीचौरस्थित बेल्चौर–साँखर कच्ची सडक खण्डमा चैत ५ गते लु.अ.अ.फ. १०२० नं (अस्थायी नं) को ट्याक्टरमा काम गर्ने सहचालक गल्याङ ८ का गणेश गाहा मगरको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी गराएका छन् ।

घटना विवरण अनुसार राति १० बजे कालीगण्डकी घाटदेखि ढुङ्गा लोड गरी हिँडेको उक्त ट्याक्टरबाट गाहा एक्कासी खसेको र तत्काल उनलाई ट्याक्टरले किच्न पुगेको थियो । त्यसपछि, चालक अमित परियार र साथी सुनिल रानाले सहयोग गर्नुको सट्टा ट्याक्टरमै राखेर साखर घाटबाट कालीगण्डकीमा फालेको बताइन्छ ।

सहचालक सुनिल पनि गल्याङ नगरपालिका वडा नं ८ का हुन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । सुनिलले घटनाबारे आफ्नी दिदीलाई भनेपछि यो घटना सार्वजनिक भएको हो । चालक अमित परियार भने फरार छन् । प्रहरी टोलीले खोजतलासलाई तिब्रता दिएपनि अहिलेसम्म नदिमा बेपत्ता गाहालाई फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्धा दर्ता गरी सोमबार जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी सुनिलमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ