गोरखामा जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर ७२ वर्षीय वृद्धको मृत्यु

गोरखामा जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर ७२ वर्षीय वृद्धको मृत्यु

ago

गोरखा – आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको आरुघाट गाउँपालिका वडा नं -७ सातदोबाटोस्थित सालघारी जङ्गलमा बुधबार साँझ अन्दाजी ७ बजेको समयमा लागेको आगो निभाउने क्रममा जलेर सोही स्थान बस्ने ७२ वर्षीय मोहन फेवाली मगरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ