पोखरा – बिहीबार कास्कीको माछापुछ्रे गाउँपालिका – ४ मा एकैपटक १३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका संक्रमित हालै मात्र सहकारीको भ्रमणमा गएर आएको पाईएको छ ।
गाउँपालिकामा रहेको ‘सभ्य समता वचत तथा ऋण सहकारी संस्था’बाट गत हप्ता हेटौंडा, दामन, चितवन लगायतका स्थानको भ्रमण गरेर फर्केपछि केहीलाई ज्वरो आउने तथा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ भेटिएको माछापुछ्रे गाउँपालिका -४ का वडा अध्यक्ष तथा प्रवक्ता पूर्ण बहादुर शाहीले गण्डक न्युजलाई जानकारी दिए ।
“हामीलाई पनि जानकारी थिएन, कोरोना बिमा गरेका केही संक्रमितका आफन्त बिमाको दाबी गर्न कार्यालयमा आए, एकैपटक वडामा संक्रमित भेटिएपछि गाउँमा बुझ्दा सहकारीको भ्रमणमा गएर आएको पाइयो।” शाहीले भने’
आज पुष्टि भएकामध्ये धेरैको स्वास्थ्य अवस्था सामान्य रहेपनि एक जना महिलाको छातीमा समस्या देखिएको र हाल उनी अस्पतालमा उपचाररत रहेको शाहीले जानकारी दिए ।
संक्रमित मध्ये एक महिला स्थानीय बोर्डिंङ स्कूलकी शिक्षिका समेत रहेकी छन् । बिहीबारको कन्ट्याक्ट ट्रेसीङमा उनका परिवारका अन्य दुई जना सदस्यको समेत पोजेटिभ रिपोर्ट आएको छ । “यो अवस्था आउनु बुझेकै मान्छेहरुको लापरवाही देखियो, संक्रमण अझ बढ्न फैलन सक्ने देखिन्छ । शाहीले भने ।”
गाउँमा एकाएक संक्रमित भेटिएपछि वडाले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारीका साधन, विद्यालय, संघ-संस्था र अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको छ । वडामा क्वारेन्टिनको व्यवस्था रहेको भएपनि अहिले होम क्वारेन्टिनमा बसेका संक्रमितलाई सम्झाई बुझाई गरिएको शाहीले बताए ।
अहिले संक्रमितको सम्पर्कमा आएकाहरुको खोजि तथा स्वाब संकलनको काम भइरहेको प्रवक्ता शाहीले जानकारी दिए ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा