सहकारीको भ्रमणबाट फर्केर आएपछि यसरी फैलियो लाहाचोकमा कोरोनाको संक्रमण

सहकारीको भ्रमणबाट फर्केर आएपछि यसरी फैलियो लाहाचोकमा कोरोनाको संक्रमण

Lahachowk

पोखरा – बिहीबार कास्कीको माछापुछ्रे गाउँपालिका – ४ मा एकैपटक १३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका संक्रमित हालै मात्र सहकारीको भ्रमणमा गएर आएको पाईएको छ ।

गाउँपालिकामा रहेको ‘सभ्य समता वचत तथा ऋण सहकारी संस्था’बाट गत हप्ता हेटौंडा, दामन, चितवन लगायतका स्थानको भ्रमण गरेर फर्केपछि केहीलाई ज्वरो आउने तथा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ भेटिएको माछापुछ्रे गाउँपालिका -४ का वडा अध्यक्ष तथा प्रवक्ता पूर्ण बहादुर शाहीले गण्डक न्युजलाई जानकारी दिए ।

“हामीलाई पनि जानकारी थिएन, कोरोना बिमा गरेका केही संक्रमितका आफन्त बिमाको दाबी गर्न कार्यालयमा आए, एकैपटक वडामा संक्रमित भेटिएपछि गाउँमा बुझ्दा सहकारीको भ्रमणमा गएर आएको पाइयो।” शाहीले भने’

आज पुष्टि भएकामध्ये धेरैको स्वास्थ्य अवस्था सामान्य रहेपनि एक जना महिलाको छातीमा समस्या देखिएको र हाल उनी अस्पतालमा उपचाररत रहेको शाहीले जानकारी दिए ।

संक्रमित मध्ये एक महिला स्थानीय बोर्डिंङ स्कूलकी शिक्षिका समेत रहेकी छन् । बिहीबारको कन्ट्याक्ट ट्रेसीङमा उनका परिवारका अन्य दुई जना सदस्यको समेत पोजेटिभ रिपोर्ट आएको छ । “यो अवस्था आउनु बुझेकै मान्छेहरुको लापरवाही देखियो, संक्रमण अझ बढ्न फैलन सक्ने देखिन्छ । शाहीले भने ।” 

गाउँमा एकाएक संक्रमित भेटिएपछि वडाले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारीका साधन, विद्यालय, संघ-संस्था र अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको छ । वडामा क्वारेन्टिनको व्यवस्था रहेको भएपनि अहिले होम क्वारेन्टिनमा बसेका संक्रमितलाई सम्झाई बुझाई गरिएको शाहीले बताए

अहिले संक्रमितको सम्पर्कमा आएकाहरुको खोजि तथा स्वाब संकलनको काम भइरहेको प्रवक्ता शाहीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ