शुक्रबार कास्कीका १५५ जनामा परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि

शुक्रबार कास्कीका १५५ जनामा परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि

pokhara ward

पोखरा – शुक्रबार पोखराका १५५ जनामा गरिएको परीक्षणमा थप २६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका २६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज नै तनहुँको शुक्लागण्डकी नगरपालिका -८ का २ जना र म्याग्दी जिल्ला बेनी नगरपालिका -१ का थप १ जना गरी गण्डकीमा आज २९ जनामा कोरोना पुष्टि भएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४ सय ८० पुगेको छ । जसमा २७७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टा गण्डकीबाट १५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरनामुक्त  हुनेको संख्या १५ हजार ९ सय ९८ पुगेको छ भने, हालसम्म संक्रमणका कारण २०५ जनाले ज्यान गुमाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ