कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पोखराको वरालडाँडाबाट एक व्यक्ति पक्राउ

कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पोखराको वरालडाँडाबाट एक व्यक्ति पक्राउ

bk

पोखरा – कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

शनिबार पोखरा महानगरपालिका -२६ वरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देव बहादुर विकले आफ्नै श्रीमती ४७ वर्षीया देवी जिसी विकलाई कुटपिट गरी घाइते बनाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा आइतबार उपचारका क्रममा श्रीमती देविको मृत्यु भएको थियो ।

श्रीमतीको मृत्यु पश्चात घटनामा श्रीमान देव बहादुर विकको संग्लनता रहेको भन्दै उनी विरुद्ध जाहेरी परेपछि ईलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ