पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य, सांसद एवं पार्टीका बागमती प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीले सरकार विभिन्न समस्याको बावजुद मुलुकलाई समृद्ध बनाउने अभियानमा निरन्तर अघि बढिरहेको बताएका छन् । उनले केपी ओली नेतृत्वको सरकारको विकल्प नभएको भन्दै सबै क्षेत्रमा रहेका जनताले सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले, धादिङ–पोखरा सम्पर्क मञ्चले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदान–प्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उनले देशको विकास र समृद्धिमा एमाले सरकारले धेरै राम्रो काम गरेको बताए ।
उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सबै समस्यालाई चिर्दै अघि बढिरहेको भन्दै प्रधानमन्त्रीलाई रोक्न कसैले नसक्ने ठोकुवा गरे । नेता लोहनीले एमालेलाई देशकै शक्तिशाली पार्टीको रुपमा उभ्याउनुपर्नेमा जोड दिए ।
पार्टी भित्रकै असहयोग र माओवादी ईमान्दार नबन्दा पार्टी एकताले मूर्त रुप लिन नसकेको उनको ठहर छ । ‘बाहिरियाले गरेको हर्कत त सहजै चिर्न सकिन्छ । पार्टी भित्रले छर्ने भ्रम चाहिँ अलि कठिन हुँदो रहेछ । तर नागरिकले एमाले पार्टी कुन हो ? संस्थापन कुन हो ? चिनिसकेका छन् ।’ उनले भने– ‘त्यसैले, भ्रममा नपर्नुस्, देशभरी रहेका पार्टीका ईमान्दार कार्यकर्ता भ्रम चिर्न लाग्नुस् । ठूला मिडिया, देशी विदेशी शक्ति मिलेर घेराबन्दीमा पारेका छन् । यो भ्रम हट्नेछ ।’

विशेष अतिथि नेकपा एमाले कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेश सांसद कृष्ण थापाले पार्टीमा वर्षौं नेतृत्व गरेकाहरुले प्रधानमन्त्री ओली एक कार्यकाल अध्यक्ष बन्दा कोकोहोलो मच्चाउनु विडम्वना भएको बताए । उनले पार्टीमा अनेक वखेडा झिक्नेहरुमा बुर्जुवा र सामन्तवादी चिन्तन हाबी भएको भन्दै त्यसलाई चिरेर अघि बढ्नु नै अहिलेको उत्तम विकल्प भएको बताए ।
नेकपा एमाले धादिङका सचिवालय सदस्यसमेत रहेका भूमीसम्बन्धी विवाद समाधान आयोग, धादिङका अध्यक्ष रामहरि अधिकारीले अब जिल्ला भरका भूमीहीन र सुकुम्बासीलाई आफ्नो मुलुकमा मेरो पनि एक टुक्रा जमिन छ भन्ने बनाउने भन्दै सरकारले निकै राम्रो काम गरिरहेको बताए ।
मञ्चका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेम सिलवाल, नेकपा माओवादी केन्द्र धादिङ–पोखरा जनसम्पर्क मञ्चका सहसंयोजक ईश्वर श्रेष्ठ, धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष गोकर्ण लम्साल, मञ्चका निवर्तमान अध्यक्ष बेनी पाठक, संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल लगायतले बोलेका थिए ।
क्यालेण्डर प्रकाशन समिति संयोजक शम्भु अधिकारीले कार्यक्रममाथि प्रकाश पारेका थिए । सो अवसरमा उपाध्यक्ष अर्जुन खतिवडाले स्वागत तथा सचिव योगप्रसाद सापकोटा नवराजले सञ्चालन गरेका थिए ।
उक्त अवसरमा उत्कृष्ट सहयोगदाता खड्कबहादुर गुरुङ (साईंला), मञ्चलाई सदैव सहयोग गर्ने ज्येष्ठ सम्मानित व्यक्तित्व हेमा शर्मा, समाजमा निर्वाचित मञ्चमा आबद्ध सदस्यहरु वरिष्ठ उपाध्यक्षमा चयन भएका शम्भु अधिकारी, महासचिव सरस्वति श्रेष्ठ लगायतका सदस्यहरुलाई सम्मान गरिएको थियो । साथै, अनेरास्ववियूको केन्द्रीय सदस्यमा चयन भएकोमा अञ्जली लम्साललाई पनि सम्मान एवं बधाई ज्ञापन गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि लोहनी लगायतका अतिथिले भित्तेपात्रो विमोचन गरे । नेपाली काँग्रेस परित्याग गरी पार्टी प्रवेश गर्नेहरुलाई पनि स्वागत गरिएको हो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ