बारपाकको राङरुङ भिरबाट जीप खस्याे : २ जनाको मृत्यु, ७ घाइते

बारपाकको राङरुङ भिरबाट जीप खस्याे : २ जनाको मृत्यु, ७ घाइते

jeep acc

प्रतिकात्मक तस्विर

गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।

बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जीप शनिबार साँझ करिब ७ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीय ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ । गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । उनीहरु दुवै जनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको उनले बताए ।

दुर्घटनामा लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल भएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।

घाइते नराल दूधपोखरी गाउँपालिका शिक्षा शाखाका प्रमुख रहेको जानकारी प्राप्त भएको उनले बताए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो ।

जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ