आइतबार पोखराका २४ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, १४ जना कोरोनामुक्त

आइतबार पोखराका २४ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, १४ जना कोरोनामुक्त

Gandaki covid corona 5

पोखरा – आइतबार पोखराका २४ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका तीन जिल्ला कास्कीको पोखरा महानगरपालिकाका २४ सहित तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४ जना र बाग्लुङ जिल्लाका ८ जनामा गरी ३६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना क्रमितको कूल संख्या १६ हजार ६ सय ६२ पुगेको छ जसमा, ३५७ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार १०० पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाइसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ