गण्डकी प्रदेशमा आज दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका हुन् ।
आज बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर दुवै मन्त्रीले राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए । उनकाअनुसार संसद बैठकपछि पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने मन्त्रीद्वयको तयारी छ । प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।