गण्डकी प्रदेशका स्थानीय तहको असल अभ्यास आदान प्रदान कार्यक्रम, मन्त्रालयद्वारा अनिवार्य उपस्थित हुन पत्राचार

गण्डकी प्रदेशका स्थानीय तहको असल अभ्यास आदान प्रदान कार्यक्रम, मन्त्रालयद्वारा अनिवार्य उपस्थित हुन पत्राचार

mofaga

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गण्डकी प्रदेशका स्थानीय तहहरूलाई अनिवार्य उपस्थितिका लागि पत्राचार गरेको छ  ।

मन्त्रालयले परिपत्र मार्फत ८५ वटै स्थानीय तहका  प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्राचार गर्दै आ.ब.०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रममा उपस्थित हुन पत्राचार गरेको हो ।

मन्त्री र सचिवसहितको उपस्थितिमा चैत २९ गतेदेखि चैत ३१ गतेसम्म कुटी रिसोर्ट लेकसाईड, पोखरामा हुने कार्यक्रमका लागि आफ्नो प्रस्तुतीकरणसहित २९ गते आइतबार दिउँसो १२ः३० बजे कार्यक्रम स्थलमा उपस्थित हुन भनेको छ । सो कार्यक्रमको खाना, खाजा र आवासको व्यवस्था आयोजकबाट हुने र दैनिक तथा भ्रमण खर्च आयोजकबाट नव्यहोरिने मन्त्रालयले जनाएको छ ।

यसैगरी यस अघि प्रदेश नम्बर एक,कर्णाली प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका स्थानीय तहको असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भईसकेको छ ।

[wp-embedder-pack url=”” width=”100%” height=”800px” download-text=”” download=”all”][/wp-embedder-pack]

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ