पोखरा – पछिल्ला दिनमा पोखरामा कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि हुँदै गइरहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पोखरामा दैनिक गरिने स्वाब परीक्षणको तुलनामा संक्रमितको संख्यामा पनि वृद्धि हुँदै गइरहेको हो ।
यस्तै बुधबार पनि कास्कीका ७५ जनाको स्वाब परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रा. लि पोखरा र विध ल्याव ललितपुरमा गरिएको आजको परीक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाका विभिन्न उमेर समुहका महिला पुरुष गरी २८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै बुधबार तनहुँ जिल्लाका १७ जनाको परीक्षण गर्दा शुक्लागण्डकी नगरपालिका – ६ का २ जनामा कोरोना पुष्टि भएको छ भने, पर्वत जिल्लाका २१ जनाको परीक्षणमा कुश्मा नगरपालिका -५ की १ महिला र कुश्मा -११ का १ जना पुरुषमा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
यस बाहेक बुधबार नै बाग्लुङ जिल्लाका १० जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
आज पुष्टि भएका कास्कीका २८ संक्रमितसंगै कास्कीमा कोरोना संक्रमितको जम्मा संख्या ८ हजार ४ सय ४५ पुगेको छ । भने, गण्डकीमा संक्रमितको कूल संख्या १६ हजार ७ सय ७२ पुगेको छ । जसमा सक्रिय संक्रमित ३६६ छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३८ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार २०१ पुगेक छ भने, संक्रमणकै कारण २०५ जनाले ज्यान गुमाइसकेका छन् ।


सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी