स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेका छन् । कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले विद्यालय क्षेत्र पनि कोरोनाको उच्च जोखिममा परेको छ ।
काठमाडौँ, पोखरालगायतका ठूला सहरका विद्यालयमा सङ्क्रमणको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए । यसअघि सरकारले ज्येष्ठ नागरिक र दीर्घरोघीलाई उच्च जोखिमयुक्त वर्गमा राखेको थियो । तर, पछिल्लो समय भने बालबालिका पनि उच्च जोखिममा परेका उनले बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका सङ्क्रमित भएका छन् । १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर उल्लेख्य वृद्धि हुँदै गएको छ ।
मन्त्रालयको पछिल्लो तथ्याङ्कले १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर बढेर १६ प्रतिशत पुगेको देखाएको छ । १८ वर्षभन्दा मुनिका व्यक्तिलाई कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढेकाले शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । भारतमा पनि बालबालिका र युवामा कोरोनाको नयाँ भेरियन्टको जोखिम उच्च छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने