गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कास्की जिल्लामा बज्रराज अधिकारीको नेतृत्वमा अनेरास्ववियु कास्की जिल्ला कमिटी गठन भएको छ । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समुहले छुट्टै अनेरास्ववियु कमिटि गठन गरेको हो ।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा भएको भेला मार्फत अधिकारीको नेतृत्वमा १ सय ४१ सदस्यीय जिल्ला कमिटीको घोषणा गरिएको थियो ।
भेलामा अनेरास्ववियु केन्द्रिय सचिव राजन शर्मा पराजुलीले अब विद्यार्थी आन्दोलन सरकारी क्याम्पसमा हुने दुई खाले शिक्षाको अन्त्य गर्ने दिशामा अगाडि बढ्ने बताए ।
उनले यातायातमा झैं स्वास्थ्यमा पनि ४५ प्रतिशत छुट दिनुपर्ने गरी आन्दोलनको उठान गर्नुपर्ने र अधुरो रहेको शैक्षिक अनि व्यावसायिक ऋणको प्रभावकारी कार्यान्वयन गर्न अबको बिद्यार्थी आन्दोलन अगाडि बढ्ने उद्घोष् गरे ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य श्रीनाथ बराल, एमाले कास्की अध्यक्ष तथा पूर्व स्ववियु सभापति धनराज आचार्य, पृथ्वीनारायण क्याम्पसका निवर्तमान स्ववियु उपसभापति तथा एमाले महानगर सचिव सुशील बस्नेत लगायतले बोलेका थिए ।
शंकर सैंजुले अध्यक्षता गरेको कार्यक्रमको संचालन सन्तोष न्यौपाने, स्वागत रसिका भण्डारीले गरेका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो