नेपाल प्रजातान्त्रिक महासंघ कास्कीको परिचयात्मक प्रथम बैठक शुक्रबार सम्पन्न भएको छ।
महासंघ कास्कीका अध्यक्ष सुरेन्द्र राज अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले नयां सदस्य हरु बिच परिचयात्मक कार्यक्रम सहित नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको छ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष अन्जु अधिकारी, जिल्ला सचिब क्षेत्र बहादुर क्षेत्री, जिल्ला कोषाध्यक्ष छत्रधर आत्रेय, सह प्रा. डा. यामनाथ तिमिल्सिना, जिल्ला युवा समिति संयोजक धनेश्वर न्यौपाने, रविरमण तिवारी, केशरी रमण न्यौपाने लगायतले बोलेका थिए।
बक्ता हरुले विभिन्न शुभेच्छुक सङ्घ संस्थाहरुले पनि राष्ट्रव्यापी संगठनको कार्यात्मक तदारुकता देखाउन नसकेको परिवेशमा नेपाल प्रजातान्त्रिक महासंघले संपूर्ण बौद्धिक वर्गलाई समेटेर सांगठनिक कार्यलाई अगाडि बढाउँदा पार्टीका तर्फबाट पूर्णरुपमा सहयोग रहने प्रतिबद्धतासंगै पार्टीको समग्र परिस्थितिको जिम्मेवारीता बहन गर्ने जिम्मेवारीसमेत यस महासंघले लिनुपर्छ भन्ने आ आफ्नो विचार ब्यक्त गरे ।
अध्यक्ष अधिकारीले नेपाली काङ्ग्रेसमा बुद्धिजीवी, बैंकर्स, कानुनविद्, सहकारीकर्मी, नेपाल सरकारका विभिन्न तह–पदबाट सेवा निवृत्त भएका सम्पूर्ण बुद्धिजीवीहरुबाट पार्टीलाई सहयोग र संगठन सुदृढीकरण विकास र बिस्तार गर्नका लागि यो महासंघको गठन भएको हुनाले सहयोग र प्रतिवद्धताको लागि हार्दिक अनुरोध गरेको जिल्ला प्रबक्ता सचिन रानाभाटले जानकारी दिएका हुन्।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो