गोंगबु गेष्ट हाउसमा स्याङ्जाका युवा मृत फेला: दुई जना पक्राउ

गोंगबु गेष्ट हाउसमा स्याङ्जाका युवा मृत फेला: दुई जना पक्राउ

dead body 1

स्याङ्जाबाट विदेश उड्नका लागी काठमाडौं गएका थिए ३२ वर्षीय नारायणबहादुर घर्ती क्षत्री । आइतबार विहान गोंगवुको गोदावरी सन्तोषी गेष्ट हाउसमा उनको शव भेटिएको छ ।

शनिबार राति पौने १० बजे गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा स्याङ्जा घर भई नवलपरासी बस्ने नारायण घर्ती मृत फेला परेका थिए।

उनीसँग सोही होटलमा बसेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धब्बुराम बस्नेत र राजकुमार कवर योगी छन्। प्रहरीले बस्नेतलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याउँदै गरेको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

कवर योगीलाई प्रहरीले काठमाडौं आरूबारीबाट पक्राउ गरेको हो। उनीहरू हिजो राति सँगै बसेर खाएका रहेछन्, एसएसपी सिंहले भने,उनीहरूमाथि थप अनुसन्धान गर्नुपर्ने देखिन्छ।

मृतकको शव पोष्टमर्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।

प्रहरीले मृतकबाट नागरिकताको फोटोकपी पनि फेला पारेको छ। सोही नागरिकताको आधारमा उनको पहिचान भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds