बालकलाई कुटेर हत्या गरेको आरोपमा आँबुखैरेनीका गुरुङ पक्राउ

बालकलाई कुटेर हत्या गरेको आरोपमा आँबुखैरेनीका गुरुङ पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

बालकको हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ छन् ।

आईतसिंले चैत २४ मा आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेका थिए । कडा बस्तुले संवेदनशिल अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

शव सदगद गरिसकेको सुराकको आधारमा प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो ।

शव उत्खनन गरेर पोष्टमार्टमका लागी गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । आईतसिंलाई कर्तब्य ज्यान मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ