कास्कीका २२५ जनाको परीक्षण गर्दा पोखराका ३० जनामा कोरोना पुष्टि

कास्कीका २२५ जनाको परीक्षण गर्दा पोखराका ३० जनामा कोरोना पुष्टि

corona-Update

पोखरा – पोखराका ३० सहित गण्डकीमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार कास्कीका २२५ जनामा गरिएको परीक्षणमा पोखरा महानगरका विभिन्न वडाका महिला पुरुष गरी ३० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

यस्तै आज नै नवलपुरका ४२ जनाको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

आज पुष्टि भएका ३३ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ९ सय ६६ पुगेको छ, जसमा ४१८ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ३ सय ४३ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ