कोरोना संक्रमण तीव्र भएपछि भारतमा कक्षा १० को परीक्षा रद्द गरिएको छ भने १२ कक्षाको परीक्षा स्थगित गरिएको छ ।
शिक्षा मन्त्री रमेश पोखरियालल निशंकले सामाजिक सञ्जालमार्फत कक्षा १० नतिजा आन्तरिक मूल्याङ्कतमार्फत गरिने र त्यसको लागि केन्द्रीय माध्यमिक शिक्षा बोर्डले मापदण्ड तयार पार्ने जानकारी दिनुभयो ।
यस्तै कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित गरिएको छ । यसको विषयमा पछि थप निर्णय गरिने उहाँको भनाइ छ । मन्त्री पोखरियालले यस विषयमा जुन १ तारिखमा बस्ने बैठकले समीक्षा गर्ने बताउनुभयो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकपछि शिक्षा मन्त्रालयले परीक्षाको विषयमा निर्णय गरेको हो । मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले कोरोना संक्रमण बढेको कारण माध्यमिक शिक्षा परीक्षा रद्द गर्न अपिल गर्नुभएको थियो ।
केन्द्रीय माध्यमिक शिक्षा बोर्डले लिने परीक्षा ४ देखि १४ मे सम्म सञ्चालन हुने तय गरिएको थियो । भारतमा २१ लाख ५० हजार विद्यार्थीले कक्षा १० को परीक्षाको तयारी गरिरहेका थिए भने १४ लाख ३० हजार विद्यार्थी कक्षा १२ को परीक्षाको तयारीमा छन् ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह