मृगौला पीडित बिनोदलाई ‘वि क्यान डु’ को सहयोग

मृगौला पीडित बिनोदलाई ‘वि क्यान डु’ को सहयोग

we can do

पोखरा । हामी गर्न सक्छौँसहयोगी हातहरु (वी क्यान डु हेल्पिङ ह्याण्डस्) संस्थाले मृगौला पिडित बिनोद विश्वकर्मालाई आर्थिक सहयोग गरेको छ । विश्वकर्मा लामो समय देखि हस्पिटलको बेडमा छन् ।

मृगौलाले काम नगरेपछि उनलाई उपचारका लागि पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको वी क्यान डु का अध्यक्ष सुवास पौडेलले जानकारी दिए । अर्थिक अवस्था कमजोर रहेको उनलाई उपचारका लागि विभिन्न व्यक्ति संस्थाहरुले ‘बिनोद बचाउ अभियान’ नै सञ्चालन गरी सहयोग संकल गरिएको थियो । पोखरा, चितवन, पर्वतबाट सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको संस्था वी क्यान डु हेल्पिङ ह्याण्डस्ले संस्थाकी सदस्य रेनुका रम्तेलको संयोजकत्वमा सहयोग संकलन गरि शुक्रबार हस्तान्तरण गरेको संस्थाका सचिब जीवन आचार्यले बताए ।

सामाजिक सञ्जाल मार्फत स्थापना उक्त संस्थाले २०७४ साल देखि नै सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ । संस्थाका अध्यक्षको नेतृत्वमा आफन्तलाई २४ हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष सुवास पौडेल, सचिव जीवन आचार्य, संस्थापक ईन्दु शर्मा लगायत सदस्यहरू रेनुका रम्तेल, गोविन्द परियार, विनिता हमाल, सुबास सापकोटा र प्रदिप खड्काको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ