पोखरा । हामी गर्न सक्छौँसहयोगी हातहरु (वी क्यान डु हेल्पिङ ह्याण्डस्) संस्थाले मृगौला पिडित बिनोद विश्वकर्मालाई आर्थिक सहयोग गरेको छ । विश्वकर्मा लामो समय देखि हस्पिटलको बेडमा छन् ।
मृगौलाले काम नगरेपछि उनलाई उपचारका लागि पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको वी क्यान डु का अध्यक्ष सुवास पौडेलले जानकारी दिए । अर्थिक अवस्था कमजोर रहेको उनलाई उपचारका लागि विभिन्न व्यक्ति संस्थाहरुले ‘बिनोद बचाउ अभियान’ नै सञ्चालन गरी सहयोग संकल गरिएको थियो । पोखरा, चितवन, पर्वतबाट सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको संस्था वी क्यान डु हेल्पिङ ह्याण्डस्ले संस्थाकी सदस्य रेनुका रम्तेलको संयोजकत्वमा सहयोग संकलन गरि शुक्रबार हस्तान्तरण गरेको संस्थाका सचिब जीवन आचार्यले बताए ।
सामाजिक सञ्जाल मार्फत स्थापना उक्त संस्थाले २०७४ साल देखि नै सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ । संस्थाका अध्यक्षको नेतृत्वमा आफन्तलाई २४ हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष सुवास पौडेल, सचिव जीवन आचार्य, संस्थापक ईन्दु शर्मा लगायत सदस्यहरू रेनुका रम्तेल, गोविन्द परियार, विनिता हमाल, सुबास सापकोटा र प्रदिप खड्काको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो