कास्कीमा आज ७ घण्टा विद्युत अवरुद्ध हुने

कास्कीमा आज ७ घण्टा विद्युत अवरुद्ध हुने

pokhara

कास्की जिल्लामा आज विद्युत आपूर्ति अवरुद्ध भएको छ । विद्युत प्राधिकरण पोखरा शाखाले मर्मत गर्नुपर्ने भन्दै कास्की जिल्लाका सबै क्षेत्रमा बिहान ७ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको हो ।

पोखरा ग्रिड सव स्टेसनमा हुने मर्मत कार्यका लागि कास्की जिल्लाको सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपुर्ति अवरुद्ध हुने भएको हो ।

साथै, मर्मत कार्य तोकिएको समय भन्दा अगाडि सम्पन्न भए विद्युत आपूर्ति नियमित रुपमा सुचारु हुने पोखरा वितरण केन्द्र, मालेपाटनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ