गण्डकी प्रदेशका सुन्दर खनाल कमेडी च्याम्पियन बन्ने दौडमा

गण्डकी प्रदेशका सुन्दर खनाल कमेडी च्याम्पियन बन्ने दौडमा

comedy champain

तनहुँ । नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को यतीबेला दोश्रो संस्करण चलिरहेको छ ।त्यसमा गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लाका सुन्दर खनाल पनि सहभागी छन् । त्यसैले पनि उनी अहिले टप ११ मा छन् । यस भन्दा अगाडिको यात्रा गर्न भोटको जरुरत पर्दछ ।

विगत केही वर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय सुन्दर चर्चित हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’, राजु मास्टरकै सिरिज व्हाट ! देखि सुन्दरले नै मिमिक्री गरेको रजतपट अन्कल (प्रकाश सुवेदी) को डिरेक्सनमा बनेको सिरियल ‘रिसानी माफ’ मा पनि काम गरिसकेका छन् । धेरैलाई थाहा नहुन सक्छ, सुन्दर रेडियोकर्मी, युट्युबरसमेत हुन् ।

उनले चलाएको युट्युब कार्यक्रम ‘द बेबी शो’ तीन वर्ष अघि निकै चर्चित पनि थियो । उनी उक्त कार्यक्रममा आफुलाई क्यारेक्टरमा उभ्याएका थिए । उनी बेबि नामक क्यारेक्टरमा सेलिब्रेटिहरु सङ्ग रमाईलो गर्थे । युवा ‘ट्यापे’ शैलीको क्यारेक्टरले सेलिब्रेटी भेट्दा कस्तो कुरा गर्ला ? भन्ने हिसाबले सोचेर त्यो कार्यक्रम संचालन गरेको सुन्दर बताउँछन् । कमेडी गर्ने उद्देश्य राखेर काठमाडौ छिरेका सुन्दर स्वास्थ्यले साथ नदिएकै कारण युट्युबर बनेका थिए । मिमिक्री गर्न नमिल्ने अनि घाँटीलाई रेस्ट दिन पर्ने भएपछि रेडियो अडियोको कार्यक्रम छोडेर उनी युट्युबमा एउटा मात्र कार्यक्रम गर्न थाले ।

जब स्वास्थ्यमा सुधार हुँदै गयो, रगतमा पसेको कमेडी फेरि सुरु गर्न थाले र युट्युब कार्यक्रम बन्द गरे । केही वर्ष आफ्नो आन्तरिक तयारीमा दर्शकबाट टाढा रहेका उनी लकडाउन पछि जनता टिभिबाट प्रशारणमा आएको ‘नेपाली कमेडी शो’ बाट आफुलाई दर्शक सामु ल्याए । हाल उनी कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा सहभागीका रुपमा छन् । उनको सुरुवाती प्रस्तुति नै दर्शकको मनमा बस्न सफल भयो । उनले उठाएको विषयवस्तु र प्रस्तुत गरेका मिमिक्रीहरु दर्शकले औधी रुचाए ।

मुखको हाँसो भन्दा सामाजिक विषयवस्तुमाथि व्यंग्यात्मक शैलीबाट प्रहार गरेर मनको खुशी ल्याउने सुन्दरको चाहना हुन्छ । उनी भन्छ्न् – हाँसो भित्र समाजको पीडा ल्याउन सके भने मलाई खुशी महसुस हुन्छ । मेरो प्रस्तुतिले केही हदसम्म मात्रै भएपनि समाजलाई झकझक्याउन सक्यो भने म त्यसमा खुशी हुन्छु । उनको प्रस्तुति दर्शक र जजको रोजाईमा परिनै सकेको छ ।

यसरी गर्नुस भोट

सुन्दरलाई च्याम्पियनको यात्रामा साथ दिनको लागि प्रभु पे एप डाउनलोड गरेर उनको भोटिङ कोड २१ मा भोट गर्न सकिनेछ । साथै, विदेशमा हुनेहरुले पनि प्रभु पे बाट नै भोट गर्नुपर्नेछ र फन्ड लोडका लागि मास्टर कार्ड युज गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ