नेविसंघ पोखरा विश्वविद्यालयद्वारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

नेविसंघ पोखरा विश्वविद्यालयद्वारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

nebishing

पोखरा । स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघले बाल तथा बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयद्वारा श्रीकृष्ण प्रणामी बाल तथा बृद्धाश्रमलाई फलफूल तथा खाद्यान्न सहयोग गरेको हो ।

सहयोग कार्यक्रममा तरुण दल कास्कीका नेता एवं नेपाली काँग्रेस क्षेत्र नम्बर १ कास्कीका क्षेत्रीय सचिव सुरज जंग राणाको प्रमुख अतिथ्यता रहेको थियो भने नेविसंघ क्षेत्र नम्बर १ सभापति सागर रानाभाट, नेविसंघ कास्कीका प्रभावशाली नेता गोपि तिवारी, नेविसंघ गण्डकी प्रदेश खेलकुद संयोजक विमान प्रधान विशिष्ट अतिथ्यतामा सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रमको नेविसंघ पोखरा विश्वविद्यालय उपसभापती अनिश बस्नेत संयोजन गरेका थिए ।

कार्यक्रममा उपस्थित तरुद दल नेता सुरज जंग राणाले आपतमा परेकालाई सहयोग गर्न नेविसंघ तथा तरुण दल सधै तत्पर रहेको बताए । उनले आफूहरु सधै सेवामा हाजिर हुने भनाई राखे ।

विशिष्ट अतिथि नेविसंघ कास्कीका प्रभावशाली नेता गोपि तिवारीले नेविसंघ सधै न्यायको र जनताको पक्षमा रहेको बताए । उनले आपतमा परेकालाई नेविसंघले सधै सहयोग गर्ने सुनाए ।
नेविसंघ पोखरा विश्वविद्यालयका उपसभापती अनिश बस्नेतले संविधान रक्षा र विद्यार्थीको पक्षमा निरन्तर लाग्ने बताए ।

यस्तै कार्यक्रममा नेवि संघ कास्कीका नेता निरज लामिछाने, राजीव भण्डारीको उपस्थिति थियो । साथै नेविसंघ पोखरा विश्व विद्यालयका नेता भुपेन्द्र भट्ट, राजन भण्डारी, अमन केसी, सागर पण्डित सुरज थापा, यश्स्बि तिवारी, प्रशान्त त्रिपाठी, सौरभ सेन लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सुसान त्रिपाठीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ