पोखरा – कास्कीका ६४ जनाको परीक्षण गर्दा पोखराका २३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गरिएको परीक्षणमा पोखरा महानगरका विभिन्न वडाका महिला पुरुष गरी २३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
यस्तै तनहुँका ६ जनाको परीक्षणमा २ जना, नवलपुरका २५ जनाको परीक्षण गर्दा ५ जना र म्याग्दी जिल्लाका १२ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका ३२ जनासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार २ सय ६३ पुगेको छ, जसमा ५६२ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ ।
मंगलबार पनि गण्डकीमा थप कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा नं -१ निवासी ७९ वर्षीय वृद्ध रहेका छन् । गत चैत्र २८ गते कोरोना पुष्टि भएर होम आइसोलेसनमा बसेका उनको मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु