Gandak News
Our News Your Views
Promote your business here Gandaknews

किरिया बसेका कांग्रेस सभापति केसीलाई कोरोना संक्रमण

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको निधनपछि काजकिरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना भएका केसीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपचारकै क्रममा परीक्षण गराउँदा केसीमा कोरोना पोजेटिभ देखिएको हो । सभापति केसीमा कोरोना पोजेटिभ देखिए पनि उनको परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सभापति केसीका छोरा सरोज केसीले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

यसैबीच, कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले सभापति केसीसँग तत्कालका लागि भेटघाट नगर्न आग्रह गरेका छन् ।

उनले एक अपिलमार्फत सभापति केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आइसोलेशनमा रहेकाले भेटघाट नगर्न आग्रह गरेका हुन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस