पृथ्वी दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजनामा बिहीबार कुभिण्डे–उल्लेरी–भुम्दी–खाडेखोला हाइकिङ गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं पोखरा महानगरपालिका–२२ को सहयोगमा आयोजित हाइकिङमा ट्रेकिङ एजेन्सिज सञ्चालन गर्दै आएका व्यवसायी, सञ्चारकर्मीसहित ४५ जनाको सहभागिता रहेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए।
कार्यक्रम संयोजक गोपालकृष्ण सङ्ग्रौलाका अनुसार पोखरा आसपासमा रहेर पनि ओझेलमा परेका पदयात्रा क्षेत्रको अध्ययन, अनुसन्धान, प्रवद्र्धन एवं बजारीकरण गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०७८ एवं विश्व पृथ्वी दिवसका अवसरमा एक दिवसीय हाइकिङ आयोजना गरिएको हो ।
हाइकिङका अवसरमा उल्लेरीस्थित मुखिया चौतारी र भुम्दी टुनार घरबासमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले पोखरा नजिकै रहेर पनि सम्भावना बोकेका गन्तव्यको प्रवद्र्धनलाई सङ्घले प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका सचिव मिलन तिवारी, भुम्दी टुनार घरवासका अध्यक्ष नानीमाया गुरुङ, उल्लेरीगाउँ सुधार समितिका अध्यक्ष गणेशबहादुर गुरुङ, थाप्ले टाइगर हिलका अध्यक्ष मानसिंह गुरुङलगायतले पदयात्रा पर्यटनका माध्यमबाट गाउँमा सञ्चालित घरबासमा पर्यटकको आगमन बढाउन सहयोग गर्न आग्रह गरे ।
सम्बन्धित खबर
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन
वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल
स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने
कम विद्यार्थी भएपछि भीरकोटमा विद्यालय संरचना फेरबदल
यो पनि पढौँ
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
रोल्पा जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्यो, २० जनाको मृत्यु, एक जना मात्रै जीवित
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती