तनहुँ: मादी नदीमा पौडी खेल्ने क्रममा एक युवक वेपत्ता

तनहुँ: मादी नदीमा पौडी खेल्ने क्रममा एक युवक वेपत्ता

dubeko

तनहुँ – पौडी खेल्ने क्रममा एक युवक वेपत्ता भएका छन् ।

जिल्लाको ब्यास नगरपालिका -५ पटेनी स्थित मादी नदीमा पौडी खेल्ने क्रममा स्याङ्गजा जिल्ला घर भइ हाल ब्यास -५ मोचाबारी डेरा गरी बस्दै आएका १८ वर्षीय रमेश विक वेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मादी नदीमा ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका बेला पौडी खेल्ने क्रममा उनी वेपत्ता भएका हुन् ।

घटनाको जानकारी हुनासाथ खटिएको प्रहरीको टोलीले उनको खोजिकार्य शुरु गरेपनि हालसम्म फेला पार्न नसकिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ