पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् ।
सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले गण्डकी प्रदेश सरकार असंवैधानिक रहेको ठोकुवा गरे। दल विभाजित भए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको आधारमा मुख्यमन्त्रीले संसद्मा विश्वासको मत नलिएकाले प्रदेश सरकार असंवैधानिक भएको उनले दाबी गरे।
दुई दल विभाजित भइसकेपछि पनि विश्वासको मत नलिएको भन्दै पोखरेलले सोमबार बसेको प्रदेश सभा बैठकमा आपत्ति जनाए। ‘गण्डकी प्रदेश सरकार संविधानविरुद्ध छ । यसले संविधानको अवहेलना गरेको छ,’ उनले भने, ‘संविधानको धारा १८८ मा प्रधानमन्त्री तथा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा विभाजित भएको मितिबाट विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । मुख्यमन्त्रीले त्यो व्यवस्था उल्लंघन गर्नुभएको छ ।’
सरकार अल्पमतमा गएपछि स्वाभाविक रुपमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा समर्थन गर्ने दलले समर्थन फिर्ता लिइसकेपछि पनि कुर्सीमा बसिरहन खोजेको भन्दै उनले मुख्यमन्त्री गुरुङको आलोचना गरे । मध्यरातमा संसद अधिवेशन अन्त्य गरिएकोमा पनि उनले आपत्ति जनाए ।
मुख्यमन्त्री गुरुङले प्रतिगमनको पक्षमा वकालत गरेको र प्रतिगमनलाई साथ दिँदै आएको आरोप उनले लगाए । नेपालीले मुख्यमन्त्री गुरुङले प्रदेशसभाको रोष्टममै उभिएर वीपी कोइराला नेतृत्वको सरकारले दुई तिहाई हुँदा हुँदै संसद विघटन गरेको, गिरिजाप्रसाद कोइरालाले बहुमत हुँदा हुँदै प्रतिनिधिसभा विघटन गरेको तर्क गरेकोमा पोखरेलले आपत्ति जनाए ।
सम्बन्धित खबर
देश बनाउन अब एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
गोरखामा ब्ल्याङ्केटमा बेरेर नालामा फालिएको अवस्थामा युवतीको शव फेला
कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ
महको पकेट क्षेत्र पोखरा १६ का कृषकलाई मौरी घार वितरण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका