उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएपछि देशकै अन्य जिल्ला र विदेशबाट आउनेले पनि अनिवार्य क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ।
काठमाडौं उपत्यकाका तीनवटै स्थानीय प्रशासनले आगामी १६ गतेदेखि २२ गतेसम्म एक साता लामो निषेधाज्ञा जारी गरेसँगै कडा नियम लागू गरिएको हो।
कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एउटा आदेश जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्ने नियम ल्याएका हुन्।
प्रजिअ पराजुलीले क्वारेन्टाइन स्थानीय तहले तोक्ने पनि बताएका छन्। सोमबार मात्रै काठमाडौंका तीन जिल्लामा १९ सयभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाडौं जिल्ला कोरोनाको हटस्पट बनिसकेको छ।
स्थानीय प्रशासनले सञ्चारकर्मीलाई आवतजावतको व्यवस्थासम्बन्धी विषय पनि उल्लेख गरेको छ । जसअनुसार सञ्चारकर्मी तथा पत्रकारले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
धादिङका दुई युवक डेढ किलो गाँजा सहित पोखराबाट पक्राउ
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका