स्याङ्जाको वालिङमा कोरोनाबाट बाबुको मृत्यु, परिवारका सातै जना संक्रमित

स्याङ्जाको वालिङमा कोरोनाबाट बाबुको मृत्यु, परिवारका सातै जना संक्रमित

corona death

File Photo.

स्याङ्जाको वालिङ–१२ सिर्सेकोटमा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको परिवारमा थप ७ जनालाई कोरोना संक्रमण देखिएको छ।

बैशाख ११ मा ५८ वर्षीय एक पुरुषको संक्रमणले मृत्यु भएको थियो। सोमबार गरिएको परीक्षणमा मृतकका परिवारका अन्य सदस्यलाई पनि संक्रमण देखिएको वालिङ–१२ का वडाअध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए।

उनको परिवारका सात जना सहित अन्य दुईलाई संक्रमण देखिएको छ। ‘७ जना एउटै परिवारका भएकाले उनीहरु घरमै बसेका छन्,’ वडाअध्यक्ष गुरुङले भने, अरु दुई जना गाडी चालक रहेछन्।’

मृतकका एक छोरा १० दिनअघि नेपाल फर्केको बताइएको छ। उनी भारतीय सैनिकमा कार्यरत छन्। वडामा संक्रमण देखिएपछि आवातजावतमा कडाइ गरिएको वडा अध्यक्ष गुरुङले जानकारी दिए।

वालिङबाट धार्मिक कार्यका लागि भारतको हरिद्वार गएर फर्किएका चार जनालाई पनि संक्रमण देखिएको वालिङ नगरपालिकाका मेयर दिलिप खाँडले जानकारी दिए। संक्रमण बढेपछि मंगलबारदेखि विद्यालयसमेत बन्द गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ