पोखरा । पृथ्वीनारायण क्याम्पस प्रशासनले मंगलबार विद्यार्थीहरुबीच भएको झपडको विषयलाई लिएर दुःख व्यक्त गरेको छ । क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले विज्ञप्ती जारी गर्दै झडपले क्याम्पस प्रशासनलाई दुःखित तुल्याएको बताउँदै छलफल र वार्ता मार्फत खोज्न सकिने उल्लेख गरेका छन् ।

बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुले शुल्कमा छुट्, लाइब्रेरीको उचित व्यवस्थापन, अनलाइन कक्षाका विषयमा क्याम्पस प्रशासन समक्ष लगातार माग गरिरहेको सन्दर्भमा माग पूरा नभएपछि तालाबन्दी गर्ने क्रममा दुई समूहबीच झडप हुदाँ राम अधिकारी, प्रभात लामिछाने लगायतका विद्यार्थी घाइते भएका थिए ।
विद्यार्थीहरुका अनुसार बाह्य व्यक्तिहरु रड समेत लिएर आएर कुटपिटमा उत्रेका थिए । माधव पक्षका अनेरास्ववियूले भने ओली पक्षका विद्यार्थीहरु संलग्न भएको आरोप लगाउँदै कुटिएका विद्यार्थीहरुलाई सहानुभूति दिने प्रयास गरेका थिए । तर, घटनामा राजनीतिक रंग मिसाएको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन् । ओली पक्षीय अनेरास्ववियुले भोलि बैठक बसेर घटनाबारे बोल्ने बताएको छ ।
आन्दोलनमा राजनीति जोडिएकोमा विद्यार्थीहरुको गम्भिर ध्यानाकर्षण
एशोसियसन अफ सिएसआईटी स्टुडेण्ट, पृथ्वीनारायण क्याम्पसले एक विज्ञप्ति जारी गर्दै आन्दोलनलाई राजनीतिक संगठनसँग लगेर जोडिएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलन सिएसआईटी विद्यार्थीहरुले नै आयोजना गरेको सम्पूर्णमा जानकारी गराउँदै आन्दोलनमा केही व्यक्तिहरुद्वारा हस्तक्षेप भएको प्रति घोर आपत्ति जनाइएको छ ।
अध्यक्ष रुपक बास्तोलाले जारी गरेको विज्ञप्ति यस्तो छ:

पीएन क्याम्पसमा विद्यार्थीमाथि रड प्रहार! (भिडियोसहित)
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’