पोखरा । पृथ्वीनारायण क्याम्पसमा बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरु कुटिएका छन् । क्याम्पसमा अध्ययनरत दुई विद्यार्थी राम अधिकारी र प्रभात लामिछाने घाइते भएका छन् । एकजनाको खुट्टा भाँचिएको र अर्कोको हात लगायतका ठाउँमा चोट लागेको छ ।
बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुरुले आफ्ना शैक्षिक मागहरु सम्बोधन नभएपछि तालाबन्दी गर्न खोज्दा क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच छलफल चलिरहकै बेला एक्कासी बाहिरिया गुण्डाहरु हक्की ब्याट र रड बोकी विद्यार्थीमाथि जाइलागेको पीडित विद्यार्थीहरु बताउँछन् ।
भिडियोः टिकटकबाट
यस घटनामा माधव नेपाल पक्षका अनेरास्ववियु विद्यार्थीले भने ओली पक्षीय अनेरास्ववियुका विद्यार्थीहरु संलग्न भएको आरोप लगाएको छ ।
माधव नेपाल पक्ष अनेरास्ववियु, कास्की जिल्ला कमिटि अध्यक्ष बज्रराज अधिकारी र पृथ्वीनारायण क्याम्पसका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले विज्ञप्ती निकालेर केपी ओली समूहले विद्यार्थी माथि हतियार प्रहार गरेको र कुटपीटमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुले शुल्कमा मा छुट, लाइब्रेरीको उचित व्यवस्थापन, अनलाइन कक्षाका विषयमा क्याम्पस प्रशासन समक्ष लगातार माग गरिरहेको सन्दर्भमा माग पूरा नभएपछि तालाबन्दी गर्ने क्रममा केपी ओली समूहका विद्यार्थीहरु र बाहिरका व्यक्तिहरु ल्याएर आक्रमण गरेको विज्ञप्तीमा उल्लेख छ ।

घाइते विद्यार्थीद्वयको गण्डकी मेडिकल कलेज, पृथ्वीचोकमा उपचार भैरहेको विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच, माधव पक्षका विद्यार्थीले ओली पक्ष विद्यार्थीहरु घटनामा हतियारसहित संलग्न भएको आरोप लगाइरहँदा ओली पक्षीय विद्यार्थीहरुले भने यसबारे केही बोलेको छैन ।

थप सामाग्रीः
आन्दोलनमा राजनीति जोडिएकोमा विद्यार्थीहरुको गम्भिर ध्यानाकर्षण
एशोसियसन अफ सिएसआईटी स्टुडेण्ट, पृथ्वीनारायण क्याम्पसले एक विज्ञप्ति जारी गर्दै आन्दोलनलाई राजनीतिक संगठनसँग लगेर जोडिएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलन सिएसआईटी विद्यार्थीहरुले नै आयोजना गरेको सम्पूर्णमा जानकारी गराउँदै आन्दोलनमा केही व्यक्तिहरुद्वारा हस्तक्षेप भएको प्रति घोर आपत्ति जनाइएको छ ।
अध्यक्ष रुपक बास्तोलाले जारी गरेको विज्ञप्ति यस्तो छ:

सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा