तनहुँ । तनहुँको ऋषिङ्ग–१ धारापानीमा दिनदिनै दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् । मंगलबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको ठाउँमा बुधबार स्कुटर दुर्घटना हुँदा दुई जनाको निधन भएको छ ।
बुधबार भएको दुर्घटनामा परी स्कुटर चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक नाबालिका सामान्य घाइते भएकी छन् । मृत्यु हुनेमा स्कुटर चालक ऋषिङ्ग ४ थप्रेक निवासी ३६ वर्षिय सन्देश गजमेर र स्कुटरमा सवार स्थानीयअन्दाजी २७ वर्षीया पवित्रा रानाभाट रहेका छन् । ५ वर्षीया छोरी विद्या रानाभाट सामान्य घाइते छिन् ।
ऋषिङ्ग–४ थप्रेकबाट दमौलीतर्फ आइरहेको ग१८प ३७७ नम्बर नम्बरको स्कुटर सालबास ओरालोमा ब्रेक फेल भई खानेपानी ट्याङ्करमा ठोकिन पुगेको प्रहरीले जनाएको छ । गम्भीर घाइते स्कुटर चालक गजमेरको दमौली र रानाभाटको मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको प्रहरीले जनाएको छ ।
गजमेर बाल विकास माविका लेखापाल र रानाभाट महेन्द्रज्योति माविकी शिक्षिका भएको बुझिएको छ । कोरोना संक्रमणका कारण विद्यालय बन्द भए पछि दुवै घर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ ।
अघिल्लो दिन सोहि ठाउँमा जीप दुर्घटना भएको थियो
मंगलबार दमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ १ धारापानीमै दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो भने घटनामा १६ जना घाइते भए ।
दिउँसो करिब तीन बजेको समयमा ग १ ज ७६०० नम्बरको जीप भीरबाट तल खसेको थियो । व्यास ५ निवासी २५ वर्षिया मनु थापा गम्भिर घाइते भएकोमा उपचारकै क्रममा दमौली अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
दमौलीको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पोखरा आउँदै गरेको ट्रकले ठक्कर दिँदा भिमादकी सुकमायाको मृत्यु
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
२ हजार जरिवाना नतिरेका तनहुँका शिवराज ५ महिनापछि पक्राउ
विगत ५ महिनादेखि फरार तनहुँका शिवराज आफ्नै घरबाट पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका