पोखरा – पछिल्लो २४ घण्टामा पोखरा महानगरमा ७९ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कास्कीका २५३ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरका ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज थपिएका संगै कास्कीमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ५९ पुगेको छ ।
यस्तै कास्की बाहेक गण्डकीका अन्य जिल्लामा तनहुँमा ५ जना, गोरखामा १ जना, लमजुङमा २ जना, नवलपुरमा १५ जना, स्याङ्गजामा ४ जना, पर्वतमा १ जना, बाग्लुङमा ४ जना र म्याग्दी जिल्लाका थप १ जना गरी गण्डकीमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८ हजार ३ सय ७१ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या १ हजार ३४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्ग्या १६ हजार ८ सय १० पुगेको छ ।
गत २४ घण्टामा कास्कीका थप दुई जनाको मृत्यु पुष्टि भएको छ । मृतक पोखरा महानगरपालिका -१४ निवासी ४३ वर्षीय पुरुष र पोखरा -७ निवासी ८९ वर्षीया महिला रहेकी छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २१९ पुगेको निर्देशनालयले जनाएको छ ।





सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ