पोखरा स्थित प्राइम सहकारी संस्थाका संस्थापक अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
जिल्ला सहकारी सङ्घ, खोटाङका अध्यक्ष तथा लालुपाते सहकारी संस्था, खोटाङका अध्यक्ष समेत रहेका जोशीलाई वैशाख ५ गते कोरोना पुष्टि भएको थियो । सहकारीकै कामको सिलसिलामा उनी चैत २९ गते बिराटनगर हुँदै पोखरा आएका थिए । संक्रमण पुष्टि पछि वैशाख ६ गतेदेखि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
चैत २५ मा दिक्तेलबाट विराटनगर पुगेका जोशीमा विराटनगर हुँदा सामान्य रुघाखोकीको संक्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ । रुघाखोकीले च्याप्दै गएपछि पोखरा आइपुग्दा स्वाब परीक्षण गर्दा जोशीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
सहकारी अभियन्ता जोशीको ४४ वर्षको उमेरमै कोरोना संक्रमणबाट निधन भएपछि परिवार शोकमा डुबेको छ । दुई श्रीमती र एक छोराका बुबा अनिल लामो समयदेखि सहकारी संस्थामै क्रियाशील थिए ।
सम्बन्धित खबर
लमजुङमा सामूहिक भोज खाएका एकजनाको मृत्यु, २९ जना बिरामी
‘चिया पिउँदै समाजसेवा’ पोखरामा निरन्तर
बाग्लुङको खौलार बजारमा एकै रातमा ६ वटा घरमा चोरी
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
भूकम्प पीडितलाई फेवा वेगनास चौतारीको सहयोग
स्याङ्जामा हङकङ पार्कको समुद्घाटन तथा हस्तान्तरण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका