सरकारले निषेधाज्ञा जारी नगरिएका जिल्लाबाट निषेधाज्ञा भएका जिल्लामा जाने सवारीसाधनलाई रोक्न निर्देशन दिएको छ।
बिहीबार मुख्यसचिव शंकरदास बैरागी, तीनवटै सुरक्षा प्रमुख, १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूबीच भएको ‘जुम मिटिङ’मा गृहसचिव महेश्वर न्यौपानेले उक्त निर्देशन दिएका हुन्।
बैठकमा निषेधाज्ञा जारी गरिएका प्रजिअहरूले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न आइपरेका समस्याहरूबारे कुरा राखेका थिए।
प्रजिअले निषेधाज्ञा जारी नभएका जिल्लाबाट जारी भएका ठाउँमा निर्वाध रूपमा आवागमन हुँदा व्यवस्थापन गर्न कठिन भएको जनाएका थिए। त्यसै विषयमा गृहसचिव न्यौपानेले निषेधाज्ञा जारी भएका जिल्लामा सवारीसाधनलाई नपठाउन निर्देशन दिएका हुन्।
प्रजिअहरूले विदेशबाट नेपाल भित्रिने नागरिकहरूलाई स्थायी ठेगाना भएको जिल्ला पठाउन कठिनाइ भएको, होल्डिङमा राख्ने, स्वास्थ्य परीक्षण र गन्तव्यसम्म पुर्याउन सवारीसाधनको समस्या, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र प्रशासनकर्मी समेत संक्रमित हुँदा थप जटिल भएको बैठकमा बताएका थिए।
गृहसचिव तथा सुरक्षा प्रमुखले ती समस्याको समयमै समाधान गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
गृहसचिव न्यौपानेले स्थानीय प्रमुखसँग सम्पर्कमा रहेर विभिन्न समस्याको समाधान गर्न सहयोग लिन समेत भनेका छन्।
बैठकमा काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, सुर्खेत, बर्दिया, कैलाली, पर्सा, कास्की, रूपन्देही, कञ्चनपुर, बागलुङ, कालीकोटसहित १५ जिल्लाका प्रजिअहरू सहभागी थिए।
सम्बन्धित खबर
पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी
बागलुङमा कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा
पोखरेली टेनिस खेलाडीहरु टेनिस टुर गर्दै चितवनमा
युनाइटेड क्लबद्वारा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई न्यानो कपडा वितरण
पुनहिलमा साढे चार महिनामा १२ हजारभन्दा बढी पर्यटक पुगे
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका