सरकारले निषेधाज्ञा जारी नगरिएका जिल्लाबाट निषेधाज्ञा भएका जिल्लामा जाने सवारीसाधनलाई रोक्न निर्देशन दिएको छ।
बिहीबार मुख्यसचिव शंकरदास बैरागी, तीनवटै सुरक्षा प्रमुख, १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूबीच भएको ‘जुम मिटिङ’मा गृहसचिव महेश्वर न्यौपानेले उक्त निर्देशन दिएका हुन्।
बैठकमा निषेधाज्ञा जारी गरिएका प्रजिअहरूले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न आइपरेका समस्याहरूबारे कुरा राखेका थिए।
प्रजिअले निषेधाज्ञा जारी नभएका जिल्लाबाट जारी भएका ठाउँमा निर्वाध रूपमा आवागमन हुँदा व्यवस्थापन गर्न कठिन भएको जनाएका थिए। त्यसै विषयमा गृहसचिव न्यौपानेले निषेधाज्ञा जारी भएका जिल्लामा सवारीसाधनलाई नपठाउन निर्देशन दिएका हुन्।
प्रजिअहरूले विदेशबाट नेपाल भित्रिने नागरिकहरूलाई स्थायी ठेगाना भएको जिल्ला पठाउन कठिनाइ भएको, होल्डिङमा राख्ने, स्वास्थ्य परीक्षण र गन्तव्यसम्म पुर्याउन सवारीसाधनको समस्या, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र प्रशासनकर्मी समेत संक्रमित हुँदा थप जटिल भएको बैठकमा बताएका थिए।
गृहसचिव तथा सुरक्षा प्रमुखले ती समस्याको समयमै समाधान गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
गृहसचिव न्यौपानेले स्थानीय प्रमुखसँग सम्पर्कमा रहेर विभिन्न समस्याको समाधान गर्न सहयोग लिन समेत भनेका छन्।
बैठकमा काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, सुर्खेत, बर्दिया, कैलाली, पर्सा, कास्की, रूपन्देही, कञ्चनपुर, बागलुङ, कालीकोटसहित १५ जिल्लाका प्रजिअहरू सहभागी थिए।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु