हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी)मा आयुर्वेद औषधालय शाखा स्थापना गरिएको छ ।
मादी गाउँपालिका सहित लमजुङ जिल्लाको उत्तर पश्चिम भेगका नागरिकहरुलाई आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रमा गण्डकी प्रदेश आयुर्वेद औषधालय केन्द्रले शाखा सञ्चालनमा ल्याएको छ ।
सङ्घीय सरकारको जीवन शैली व्यवस्थापन कार्यक्रम अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र रहेका ठाउँमा आयुर्वेद औषधालयको सेवा सञ्चालनको योजना अनुसार चिकित्सक सहित आयुर्र्वेदको सेवा विस्तार गरिएको गण्डकी प्रदेश आयुर्वेद औषधालय पोखराका प्रमुख कुमार कासुलाले बताए ।
उनका अनुसार गाउँपालिका र स्वास्थ्य केन्द्रले उपलव्ध गराएको भौतिक पूर्वाधारमा शाखा खोलेर योग, प्राणायाम,ध्यान लगायतका उपचार पद्धतिका माध्यमबाट नसर्ने र दीर्घ रोगहरुको उपचारका लागि विशेष जोड दिइने छ ।
औषधालय प्रमुख कासुलाले भने,“ नेपालको मौलिक चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेदको ज्ञान वर्षोदेखी नजानिदो किसिमले पनि पुस्तान्तरण भइरहेको छ । जडिबुटीको प्रयोग हुने औषधी प्रयोग मार्र्फत ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्य सुविधा प्रदान गर्न औषधालय शाखा सञ्चालनमा ल्याएका हौँ।”
यसैगरी, बाथ रोगका लागि स्नेहन (मालिस) र स्वयदन (बाफले सेक्ने) लगायतका पद्धतिबाट समेत बिरामीको उपचार गरिने शाखा प्रमुख एवं कार्यक्रम डा दीपक भुसालले बताए ।
नेपाल सरकारले तोकेका २३ थरीका विभिन्न आयुर्वेद औषधीहरु पनि निःशुल्क विरतण गरिने उनले जानकारी दिए । आयुर्वेद चिकित्सक र एक जना पञ्चकर्म सहायक एक जनागरी दुई जनाले सो शाखाबाट बिरामीलाई सेवा प्रदान गर्नेछन् ।
गण्डकी आयुर्वेद औषधालयले यसअघि विसं २०७५ मा माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि शाखा सञ्चालमा ल्याएको थियो ।
आयुर्वेद प्रमुख कासुलाका अनुसार चालू वर्षमा मादी गाउँपालिकाको सिक्लेस, अन्नपूर्ण गाउँपालिकाको नौडाँडा र पोखरा–२२ पुम्दीभुम्दीमा गरी तीन वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी परामर्श सेवा सहित आयुर्वेद औषधी निःशुल्क वितरण गरिएको जनाइएको छ ।
पोखरामा अवस्थित आयुर्वेद औषधालयले हाल प्रयोगशाला सुविधा समेत प्रदान गर्दै आएको छ । प्रदेश सरकारको समानिकरण अनुदानबाट यसवर्षदेखी प्रयोगशाला स्थापना गरेर दिशा,पिसाब, रगत लगायतका परीक्षणहरु गर्ने गरिएकोे छ ।
औषधालयमा हाल एक चिकित्सक, एक बैद्य, एक कविराज, एक लेखापाल र चार जना कार्यालय सहयोगीबाट सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो