केरा स्वादिष्ट फल मात्र होइन यसले औषधिको रुपमा पनि काम गर्छ । यसकाे नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय राेगबाट बच्न सकिन्छ ।मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमिता, छाती पोल्ने, कब्जियत र शरीरका अन्य स्वास्थ्यसम्बन्धित समस्या समाधानका लागि केरा निकै उपयोगि मानिन्छ । केरा सेवनबाट तत्कालै उर्जा मिल्छ । त्यही भएर जोकोहीले पनि कमजोरी महशुस गर्ने वित्तिकै केरा खान सल्लाह दिन्छन् । खानासँगै वा खाजाको रुपमा केरा सेवन गर्न सकिन्छ । केरामा पोटासियमको मात्रा धेरै हुने हुँदा यसले रक्तचाप घटाउनका साथै शरीरमा तरल पदार्थको सन्तुलन नियन्त्रण गर्न सकिन्छ । केराले हड्डी बलियो मात्र बनाउँदैन डिप्रेसनबाट मुक्त गर्छ ।
मासिक धर्म अगाडि पेट दुख्ने, टाउको दुख्ने र निराश हुने समस्याबाट पीडित हुनेहरुले औषधिभन्दा केरा सेवन गर्दा फाइदा हुन्छ । केरामा हुने भिटामिन बी ले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । नियमित केरा सेवनबाट दिमाग सधैं तेजिलो राख्न सकिन्छ । कब्जियत भएकाहरुले नियमित केरा खाँदा यो रागबाट छुटकरा पाउन सक्छ । काम गर्न मन लाग्दैन वा दिक्क लागिरहन्छ भने केरा सेवन गर्नुपर्छ । यसले मुड फ्रेस बनाउँछ र कामप्रति जाँगर बढेर आउँछ । यतिमात्र नभएर मादक पदार्थ सेवन पछि ह्यांओभर हटाउन केरा सेवन गर्दा निकै फाइदा हुन्छ ।
केरा खाने उत्तम समय
- बिहान व्यायाम गरेपछि
- राति कहिले पनि हुन्न
- खाना खानुअघि वा पछि हुन्न
- दूध खानुअघि वा पछि हुन्न
- बेलुका खाना खानुभन्दा एक घन्टा अघि केरा खाएको उत्तम हुन्छ ।
केरासँग मह मिसाएर खान पनि सकिन्छ । कहिलेकाही पेट दुखेमा केरा महसँग केरा खाएमा यसले पेटलाई आराम दिन्छ । छाती मुटु पोल्ने समस्या छ भने तत्कालै केरा खादा राहत मिल्छ । बिहानपख वाक वाकी लाग्छ वा मुखबाट पानी निस्कन्छ भने केरा खाँदा यो समस्याबाट टाढा रहन सकिन्छ । गर्भवतीको समयमा हुने वाकवाकी, वान्ता, चक्करजस्ता समस्याबाट बच्न केरा सेवन गर्नु राम्रो हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न केराको बोक्राभित्रको गुटी शरीरमा दल्दा लामखुट्टेले टोक्दैन । त्यस्तै सुन्निएको ठाउँमा केरा दल्दा पनि निको हुन्छ । नियमित केरा सेवनबाट अल्सरबाट बच्न सकिन्छ ।
अनुहारको छालामा केराको प्याक बनाएर लगाउन सकिन्छ । केराको गुदीमा मह, गुलाव जल र केही थोपा कागती मिसाएर बनाएको मिश्रण अनुहारको छालामा लगाउँदा छाला गोरो हुनुका साथै चम्किलो र सफा देखिन्छ ।
कस्तो खालको केरा खाने ?
पेट पनि भरिने अनि चिनी पनि कम भएको खानेकुरा चाहिन्छ भने अलिकति मात्र पाकेको केरा खाने गर्नुस् । यो प्रिबायोटिकको उत्तम स्रोत हो ।
पाकेको केरा गुलियो हुन्छ, छिट्टै पच्छ र यसमा उच्चस्तरका एन्टीअक्सिडेन्ट हुन्छन् ।
बोक्रामा दाग लागेका केरामा एन्टीअक्सिडेन्टको मात्रा उच्च हुन्छ । गुलियो खान मन लागेको बेलामा यस्तो केरा खानुस् ।
सम्बन्धित खबर
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान