केरा स्वादिष्ट फल मात्र होइन यसले औषधिको रुपमा पनि काम गर्छ । यसकाे नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय राेगबाट बच्न सकिन्छ ।मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमिता, छाती पोल्ने, कब्जियत र शरीरका अन्य स्वास्थ्यसम्बन्धित समस्या समाधानका लागि केरा निकै उपयोगि मानिन्छ । केरा सेवनबाट तत्कालै उर्जा मिल्छ । त्यही भएर जोकोहीले पनि कमजोरी महशुस गर्ने वित्तिकै केरा खान सल्लाह दिन्छन् । खानासँगै वा खाजाको रुपमा केरा सेवन गर्न सकिन्छ । केरामा पोटासियमको मात्रा धेरै हुने हुँदा यसले रक्तचाप घटाउनका साथै शरीरमा तरल पदार्थको सन्तुलन नियन्त्रण गर्न सकिन्छ । केराले हड्डी बलियो मात्र बनाउँदैन डिप्रेसनबाट मुक्त गर्छ ।
मासिक धर्म अगाडि पेट दुख्ने, टाउको दुख्ने र निराश हुने समस्याबाट पीडित हुनेहरुले औषधिभन्दा केरा सेवन गर्दा फाइदा हुन्छ । केरामा हुने भिटामिन बी ले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । नियमित केरा सेवनबाट दिमाग सधैं तेजिलो राख्न सकिन्छ । कब्जियत भएकाहरुले नियमित केरा खाँदा यो रागबाट छुटकरा पाउन सक्छ । काम गर्न मन लाग्दैन वा दिक्क लागिरहन्छ भने केरा सेवन गर्नुपर्छ । यसले मुड फ्रेस बनाउँछ र कामप्रति जाँगर बढेर आउँछ । यतिमात्र नभएर मादक पदार्थ सेवन पछि ह्यांओभर हटाउन केरा सेवन गर्दा निकै फाइदा हुन्छ ।
केरा खाने उत्तम समय
- बिहान व्यायाम गरेपछि
- राति कहिले पनि हुन्न
- खाना खानुअघि वा पछि हुन्न
- दूध खानुअघि वा पछि हुन्न
- बेलुका खाना खानुभन्दा एक घन्टा अघि केरा खाएको उत्तम हुन्छ ।
केरासँग मह मिसाएर खान पनि सकिन्छ । कहिलेकाही पेट दुखेमा केरा महसँग केरा खाएमा यसले पेटलाई आराम दिन्छ । छाती मुटु पोल्ने समस्या छ भने तत्कालै केरा खादा राहत मिल्छ । बिहानपख वाक वाकी लाग्छ वा मुखबाट पानी निस्कन्छ भने केरा खाँदा यो समस्याबाट टाढा रहन सकिन्छ । गर्भवतीको समयमा हुने वाकवाकी, वान्ता, चक्करजस्ता समस्याबाट बच्न केरा सेवन गर्नु राम्रो हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न केराको बोक्राभित्रको गुटी शरीरमा दल्दा लामखुट्टेले टोक्दैन । त्यस्तै सुन्निएको ठाउँमा केरा दल्दा पनि निको हुन्छ । नियमित केरा सेवनबाट अल्सरबाट बच्न सकिन्छ ।
अनुहारको छालामा केराको प्याक बनाएर लगाउन सकिन्छ । केराको गुदीमा मह, गुलाव जल र केही थोपा कागती मिसाएर बनाएको मिश्रण अनुहारको छालामा लगाउँदा छाला गोरो हुनुका साथै चम्किलो र सफा देखिन्छ ।
कस्तो खालको केरा खाने ?
पेट पनि भरिने अनि चिनी पनि कम भएको खानेकुरा चाहिन्छ भने अलिकति मात्र पाकेको केरा खाने गर्नुस् । यो प्रिबायोटिकको उत्तम स्रोत हो ।
पाकेको केरा गुलियो हुन्छ, छिट्टै पच्छ र यसमा उच्चस्तरका एन्टीअक्सिडेन्ट हुन्छन् ।
बोक्रामा दाग लागेका केरामा एन्टीअक्सिडेन्टको मात्रा उच्च हुन्छ । गुलियो खान मन लागेको बेलामा यस्तो केरा खानुस् ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
दसैँमा मासु कसरी खाने ?
स्याङ्जामा कुष्ठरोगका आठ नयाँ संक्रमित फेला
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’