अनर्गल प्रचार भन्दै चरक मेमोरियल हस्पिटलको ध्यानाकर्षण (विज्ञप्तिसहित)

अनर्गल प्रचार भन्दै चरक मेमोरियल हस्पिटलको ध्यानाकर्षण (विज्ञप्तिसहित)

Charak1-big

पोखरा । चरक मेमोरियल हस्पिटल प्रा.लि.ले संस्थालाई कमजोर र बदनाम गर्ने नियतका साथ विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अनर्गत प्रचारबाजी गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

व्यवस्थापक प्रदीप शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हस्पिटलले कुनैपनि बर्ग, क्षेत्र, जातजाति, धर्म तथा राजनैतिक विचारधारा नभनी सबै क्षेत्रमा समान रुपमा आफ्नो विशेषज्ञ चिकित्सकद्वारा विशेषज्ञ सेवा प्रदान गरिरहेको छ ।’

हस्पिटललाई बदनाम गर्ने, अनर्गल तथा झुठा प्रचारबाजी गर्ने कार्य नगर्न नगराउन पनि हस्पिटलले विज्ञप्तिमार्फत आग्रह गरेको छ । हस्पिटलले सरकार तथा स्थानीयतहसँग सहकार्य गरी कोभिडका बिरामीहरुको उपचार गराउँदै आइरहेको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही कोरोना पोजेटिभ रिपोर्ट लिएर उपचारका लागि आएपछि हस्पिटल भर्ना गरिएको थियो । यही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि हस्पिटलले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ