स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सार्दिखोला स्वास्थ्यचौकी बन्द

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सार्दिखोला स्वास्थ्यचौकी बन्द

chikitsak-dr

कास्की – माछापुच्छ्रे गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बताए।

उनका अनुसार स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको हो ।

यसैगरी गाउँपालिकाको सेवा वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै गाउँपालिकाले मङ्गलबार एक सूचना जारी वैशाख २२ गतेदेखि ३१ गतेसम्म सेवा बन्द गरिएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ