लमजुङमा नयाँ वर्षको दिन मृत भेटिएका ७ वर्षका बालकको हत्या छिमेकीले गरेको खुलेको छ । दूधपोखरी गाउँपालिका–३ फुलिङगिरीका राजकुमार गुरुङका ७ वर्षीय छोरा युकेश गुरुङलाई छिमेकी ४८ वर्षीया फूलमाया विकले कुटपिट गरेको र खोल्सामा लगएर फालेको खुलासा भएको हो ।
ऐना फुटाएको निहुँमा फुलमायाले आमा नभएकी युकेशलाई कुटेकी थिइन् । आमाले छाडेर हिँडेपछि ७ वर्षीय बालक बुबा र हजुरआमासँगै बस्थे । उनी गाउँकै फुलिङगिरी प्रावि कक्षा २ मा पढ्थे ।
प्रहरीका अनुसार चैत ३० मा विद्यालय छुट्टी भएपछि उनी खेल्दै छिमेकीको घरमा पुगेका थिए । खेल्दाखेल्दै साथीकी आमाको ऐना भुइँमा झरेर फुटेको थियो । त्यही कारण फूलमायाले कुटपिट गर्दा युकेश बेहोस भएका थिए । युकेलाई त्यसपछि गायब पारिएको थियो ।
स्थानीयले वैशाख १ गते साँझ ५ बजेतिर घरदेखि अन्दाजी ३ सय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा फेला पारे । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गंगाबहादुर थापाले बच्चा भएकाले भवितव्य हुन नसक्ने र उक्त ठाउँमा पुग्ने कुनै कारण नदेखिएकाले कर्तव्य नै हुनुपर्छ भनेर विभिन्न कोणबाट अनुसन्धान गर्दा घटनाको वास्तविकता पत्ता लागेको बताए ।
बालकको घाँटीमा केही चिजले प्रहार गरेको जस्तो देखिएपछि शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । सोधपुछका क्रममा फूलमायाकै छोराले आमाका कारण घटना भएको बताएको र त्यसपछि १२ गते घरबाटै पक्राउ गरेको डीएसपी थापाले बताए । फुलमायालाई कानुनानुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु