लमजुङमा ऐना फुटाएको निहुँमा आमा नभएका ७ वर्षका बालकको हत्या

लमजुङमा ऐना फुटाएको निहुँमा आमा नभएका ७ वर्षका बालकको हत्या

balak hatyaa

लमजुङमा नयाँ वर्षको दिन मृत भेटिएका ७ वर्षका बालकको हत्या छिमेकीले गरेको खुलेको छ । दूधपोखरी गाउँपालिका–३ फुलिङगिरीका राजकुमार गुरुङका ७ वर्षीय छोरा युकेश गुरुङलाई छिमेकी ४८ वर्षीया फूलमाया विकले कुटपिट गरेको र खोल्सामा लगएर फालेको खुलासा भएको हो ।

ऐना फुटाएको निहुँमा फुलमायाले आमा नभएकी युकेशलाई कुटेकी थिइन् । आमाले छाडेर हिँडेपछि ७ वर्षीय बालक बुबा र हजुरआमासँगै बस्थे । उनी गाउँकै फुलिङगिरी प्रावि कक्षा २ मा पढ्थे ।

प्रहरीका अनुसार चैत ३० मा विद्यालय छुट्टी भएपछि उनी खेल्दै छिमेकीको घरमा पुगेका थिए । खेल्दाखेल्दै साथीकी आमाको ऐना भुइँमा झरेर फुटेको थियो । त्यही कारण फूलमायाले कुटपिट गर्दा युकेश बेहोस भएका थिए । युकेलाई त्यसपछि गायब पारिएको थियो ।

स्थानीयले वैशाख १ गते साँझ ५ बजेतिर घरदेखि अन्दाजी ३ सय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा फेला पारे । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गंगाबहादुर थापाले बच्चा भएकाले भवितव्य हुन नसक्ने र उक्त ठाउँमा पुग्ने कुनै कारण नदेखिएकाले कर्तव्य नै हुनुपर्छ भनेर विभिन्न कोणबाट अनुसन्धान गर्दा घटनाको वास्तविकता पत्ता लागेको बताए ।

बालकको घाँटीमा केही चिजले प्रहार गरेको जस्तो देखिएपछि शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । सोधपुछका क्रममा फूलमायाकै छोराले आमाका कारण घटना भएको बताएको र त्यसपछि १२ गते घरबाटै पक्राउ गरेको डीएसपी थापाले बताए । फुलमायालाई कानुनानुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ