गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिरामी परेका छन् । उनको र्यापिड डाइगोनिस्टक टेस्ट (आरडीटी) रिपोर्ट पोजिटिभ आएको बताइन्छ । काठमाण्डौबाट फर्केपछि सामान्य टाउको दुखाई पछि ननिको महसुस गरेका उनले आरडीटी परीक्षण गराएका थिए । मंगलबार नै पीसीआर टेस्टका लागि स्वाब समेत दिएका छन् । रिपोर्ट आज आउँदैछ ।
विशेष अधिवेशनमा उठेका माग बमोजिम प्रदेशसभा सदस्यको पीसीआर टेस्ट गराउँदा ३ जना सांसदहरु एमालेका राजीव पहारी, प्रभा कोइराला र काँग्रेसकी मनकुमारी गुरुङलाई कोरोना पुष्टि भइसकेको छ । विशेष अधिवेशनमा अनुपस्थित जनमोर्चाका खिमविक्रम शाहीको पहिले नेगेटिभ र त्यसपछि २ पटकको पोजिटिभ भनिएकोमा उनी अहिले हस्पिटल छाडेर होटलमै छन् । मुख्यमन्त्री सचिवालयका केही कर्मचारीमा पनि कोरोना पुष्टि भइसकेको छ ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएर ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेकै कन्ट्याक्ट ट्रेसिङमा मुख्यमन्त्री परेका थिए ।
मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा पनि सहभागी थिए । उनी नजिकै सभामुख नेत्रनाथ अधिकारी थिए भने अन्य चार दलका नेताहरु पनि एउकै कोठामा थिए ।
बैठकमा मुख्यमन्त्रीले कोरोनाको सन्त्रास बढिरहेको र प्रशासनले समेत निषेधाज्ञा जारी गरिरहेको सन्दर्भमा निषेधाज्ञा सकिएपछि कार्यव्यवस्थाको बैठक राखेर संसद डाकिनुपर्ने प्रस्ताव राखेका थिए । मुख्यमन्त्री अस्वस्थ भएसँगै प्रदेश सभामा अड्किएको अविश्वासको प्रस्ताव के हुने ? भन्ने अन्योल बढेको छ ।
सम्बन्धित खबर
देश बनाउन अब एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
गोरखामा ब्ल्याङ्केटमा बेरेर नालामा फालिएको अवस्थामा युवतीको शव फेला
कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ
महको पकेट क्षेत्र पोखरा १६ का कृषकलाई मौरी घार वितरण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका