गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिरामी परेका छन् । उनको र्यापिड डाइगोनिस्टक टेस्ट (आरडीटी) रिपोर्ट पोजिटिभ आएको बताइन्छ । काठमाण्डौबाट फर्केपछि सामान्य टाउको दुखाई पछि ननिको महसुस गरेका उनले आरडीटी परीक्षण गराएका थिए । मंगलबार नै पीसीआर टेस्टका लागि स्वाब समेत दिएका छन् । रिपोर्ट आज आउँदैछ ।
विशेष अधिवेशनमा उठेका माग बमोजिम प्रदेशसभा सदस्यको पीसीआर टेस्ट गराउँदा ३ जना सांसदहरु एमालेका राजीव पहारी, प्रभा कोइराला र काँग्रेसकी मनकुमारी गुरुङलाई कोरोना पुष्टि भइसकेको छ । विशेष अधिवेशनमा अनुपस्थित जनमोर्चाका खिमविक्रम शाहीको पहिले नेगेटिभ र त्यसपछि २ पटकको पोजिटिभ भनिएकोमा उनी अहिले हस्पिटल छाडेर होटलमै छन् । मुख्यमन्त्री सचिवालयका केही कर्मचारीमा पनि कोरोना पुष्टि भइसकेको छ ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएर ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेकै कन्ट्याक्ट ट्रेसिङमा मुख्यमन्त्री परेका थिए ।
मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा पनि सहभागी थिए । उनी नजिकै सभामुख नेत्रनाथ अधिकारी थिए भने अन्य चार दलका नेताहरु पनि एउकै कोठामा थिए ।
बैठकमा मुख्यमन्त्रीले कोरोनाको सन्त्रास बढिरहेको र प्रशासनले समेत निषेधाज्ञा जारी गरिरहेको सन्दर्भमा निषेधाज्ञा सकिएपछि कार्यव्यवस्थाको बैठक राखेर संसद डाकिनुपर्ने प्रस्ताव राखेका थिए । मुख्यमन्त्री अस्वस्थ भएसँगै प्रदेश सभामा अड्किएको अविश्वासको प्रस्ताव के हुने ? भन्ने अन्योल बढेको छ ।
सम्बन्धित खबर
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब