गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता कुमारी पौडेलले पदभार ग्रहण गरेकी छिन् । उनले बुधबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । उनले सोमबार नै पद तथा गोपनीयताको सपथ लिएकी थिइन् ।
त्यसपछि मंगलबार पाेखरा आएकी उनले आज पदभार ग्रहण गरेकी हुन् । कास्कीकै पुरूञ्चाैरमा जन्मेकी उनकाे परिवार चितवन बसाईं सरेका हुन् ।
अखिल नेपाल महिला संघकी अध्यक्ष रहेकी उनी प्रधानमन्त्रीका सल्लाहकार समूहमा थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी काेटाबाट प्रदेश प्रमुख भएका अमिक शेरचनलाई हटाएर पाैडेललाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
गण्डकीमा साढे ३ वर्षमा ३ जना प्रदेश प्रमुख बनेका छन् । शेरबहादुर देउवा सरकारले बाबुराम कुँवर, एमाले माओवादी एकीकृत हुँदाकाे नेकपा सरकारले अमिक शेरचन र एमाले सरकारले पाैडेललाई प्रदेश प्रमुख बनाएकाे हाे ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी थिइन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो