गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ – ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुको साथै दुई जना घाइते भएका छन्। बिहीबार बिहान अन्दाजी ८ बजेको समयमा जिल्लाको ऋषिङ गाउँपालिका वडा नं -४ मधुवनस्थित झापुटार-भिरकोट भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
ना ६ त ४२०७ नंवरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खस्दा ट्याक्टरमा सवार सोही ठेगाना भएका २५ वर्षीय विर बहादुर बोटेको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका बोटेको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा घाइते भएका १२ वर्षीय बालक तिलक श्रेष्ठ र १८ वर्षीय सुन्दर श्रेष्ठलाई थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ।
हाल घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीको भनाइ छ ।
सम्बन्धित खबर
पृथ्वी राजमार्ग पश्चिम खण्डकाे २० किमि सडक ६ लेनको बन्ने
गाउँमा करोडौँको सुन्तला, बाटो नहुँदा बजार पुर्याउन सकस
दमौलीको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पोखरा आउँदै गरेको ट्रकले ठक्कर दिँदा भिमादकी सुकमायाको मृत्यु
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका