तस्वीरः गल्लीगल्ली डटकम
नेपालगञ्जमा कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ सुनार मन्दी टोलमा बस्ने तीन दाजुभाइमध्ये कान्छो भाइ ४२ वर्षीय जहिर अहमदको बुधबार बेलुका ७ बजेतिर, ५४ वर्षीय राइँलो एजाज अहमदको बिहीबार बेलुका ७ बजेतिर र काइँलो इम्तियाज अहमदको शुक्रबार बिहान साढे १० बजेतिर मृत्यु भएको छ।
उनीहरु तीनै जना दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपालगञ्ज ३ का वडाध्यक्ष महोमद अयुब शिद्धिकीले सेतोपाटीलाई बताए।
‘उहाँहरु सबै संगालमा बस्दै आएनु भएको थियो,’ वडाध्यक्ष शिद्धिकीले भने ‘सात दाजुभाइमध्ये तीन दाजुभाइको मृत्यु भएपछि अब चार दाजु भाइ छन्।’ मृतक तीन दाजुभाइले नेपालगञ्जमा रंगरोगनको काम गर्दै आएको वडाध्यक्ष शिद्धिकीले बताए।
‘कोरोना संक्रमित तीन दाजुभाइको भेरी अस्पतालमा उपचारका क्रममा तीन दिनको अवधिमा मृत्यु भएको घटनाले नेपालगञ्जबासी स्तब्ध छन्,’ शिद्धिकीले भने। उनले इम्तियाजकी श्रीमती पनि बिरामी रहेको बताए।
‘उहाँको अवस्था गम्भीर रहेको हुँदा आज नै घरमै अक्सिजन सिलिण्डर पुर्याउन मैले भूमिका खेलेको हो,’ वडाध्यक्ष शिद्धिकीले भने।
अहमदहरु ठूलो परिवारमा बस्दै आएको र बृद्ध बाबु आमा पनि सँगै रहेको उनले जानकारी दिए।
सम्बन्धित खबर
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
करिब ४ तोला सुन जस्तो धातुसहित पोखरामा एकजना पक्राउ
तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, गम्भीर घाइते ९ जना पोखरा ल्याइयो
पोखराको निर्मलपोखरीबाट ५ लाख बढी रकम सहित कौडा खेलिरहेका १६ जना पक्राउ
स्व. त्रिभुवन पौडेल अक्षयकोषमा पत्रकार राईले जापानबाट पठाए १ लाख
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका