पोखरा । कास्की प्रहरीले कोरोना संक्रमितलाई अक्सिजनको अभाव नहोस् भन्ने उद्देश्यका साथ पोखराका विभिन्न स्थानबाट १८७ वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरी अस्पतालहरुमा पठाउने तयारी गरेको छ।
नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर फैलिएसंगै संक्रमित विरामीहरुको लागि अक्सिजनको चरम अभाव देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट पोखराका विभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुबाट उक्त संख्यामा अक्सिजनका सिलिन्डर संकलन गरेको हो ।

संकलन गरिएका सिलिन्डरहरु पछि सम्बन्धित व्यक्ति तथा संस्थालाई फिर्ता गरिने कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हाल संकलन गरिएका ती सिलिन्डरलाई अहिले अक्सिजन भर्नका लागि पोखरा अक्सिजन प्रा।लि। र कालिगण्डकी अक्सिजन प्रा।लि।लाई हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । साथै उनले अन्य कम्पनी तथा व्यक्तिहरुसंग त्यस्ता अक्सिजन सिलिण्डरहरु भए अक्सिजन उत्पादन कम्पनिलाई उपलव्ध गराई सहयोग गर्न समेत आग्रह गरेका छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प