काठमाण्डौ – सरकारले वैशाख १६ गतेदेखि मुलुकका विभिन्न जिल्लामा लागू गरेको निषेधाज्ञाका कारण रोकिएका विदेशी नागरिकको हकमा विलम्ब शुल्क र जरिवाना नलिने निर्णय गरेको छ ।
अध्यागमन विभागका अनुसार वैशाख १५ गतेसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडान स्थगन रहेकै अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान शुरु भएको मितिदेखि ७ दिनभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गर्ने निर्णय गरिएको हो ।
साथै वैशाख १५ गतेसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडा सूरु भएपछि पनि नेपालमै बस्न चाहने विदेशी नागरिकको हकमा निषेधाज्ञा समाप्त भएको मितिले ७ दिनभित्र भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका अध्यागमन कार्यालयमा आवेदन गरेमा बिलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गर्ने निर्णय गरिएको छ ।
सम्बन्धित खबर
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
करिब ४ तोला सुन जस्तो धातुसहित पोखरामा एकजना पक्राउ
तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, गम्भीर घाइते ९ जना पोखरा ल्याइयो
पोखराको निर्मलपोखरीबाट ५ लाख बढी रकम सहित कौडा खेलिरहेका १६ जना पक्राउ
स्व. त्रिभुवन पौडेल अक्षयकोषमा पत्रकार राईले जापानबाट पठाए १ लाख
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका